स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा स्थगित भएको मतदान सुरु भएको छ । मतदान अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेकाे भेटिए पछि झन्डै दुई घण्टादेखि मतदान स्थगित रहेको थियोे । दलिय सहमति पछि मतदान प्रक्रिया शुरु भएको छ ।