धनकुटा : नागपञ्चमीको अवसरमा मंगलबार धनकुटाको हिलेस्थित वक्रकुण्ड मन्दिरमा भक्तजनको भीड लागेको छ।नागको वास रहेको विश्वासमा श्रद्धालुहरू पूजाआजाका लागि मन्दिर आउने गर्छन्। यो मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर, संखुवासभालगायत स्थानबाट समेत भक्तजन आएका छन्।मन्दिरको १२ औं स्थापना दिवसको अवसर पारेर आयोजक वक्रकुण्ड महेश्वर मन्दिर हिलेले दिवस पनि मनाएको छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय