२५ फागुनदेखि भैरहवामा जजिराको पुनः नियमित उडान

कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पुनः उडान सुरु गर्ने भएको छ । कुवेतबाट भैरहवा सातामा तीन उडान गर्ने जजिराले जनाएको छ ।  भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार...

सम्बन्धित सामग्री

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह - NepaliPatra

छेन्दु । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग शुक्रबार भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे । सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ […]

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

छेन्दु (चीन)- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे ।...

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

छेन्दु (चीन)- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे ।...

भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई साढे दुई लाखसम्म छुट

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले छुटैछुट पाउने भएका छन् । अब भैरहवामा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा पनि ५० प्रतिशत छुट पाउने...

२ हप्ताभित्र एअर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाण्डौ – गएको जेठ २ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायु सेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हुन् । क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा देखाउँ...

२९ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको नियमित उडान

२८ वैशाख, काठमाडौं । भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको कुवेतको जजिरा एयरवेजले २९ जेठ -१२ जुन २०२२)बाट मात्र नियमित उडान गर्ने भएको छ । तर, सरकारले उद्घाटन तोकेको दिन २ जेठ (१६ मे २०२२)का दिन पनि जजिराले उद्घाटन उडान गर्ने भएको छ । अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको जजिरा एयरवेजले […]

फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

काठमाडौं । ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय नभए पनि आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने सरकारको योजना छ । राससका अनुसार आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’   मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं ।’ लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ । एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’       भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रू. साढे सात अर्ब लगानी भइसकेको छ ।

फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

रुपन्देही - भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदाे फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । आज दिउँसो भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, 'मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।' हुस्सु, कुहिरो र भिजिबिलिटी कम लागेको बेला भने फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ...

गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा शुरु गर्‍यो उडान

२१ असोज, काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा पहिलो पटक आफ्नो नियमित उडान शुरु गरेको छ । काठमाडौं-भैरहवा उडान शुरु गरेको यो जहाजको सिट क्षमता ३० सिट रहेको कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले बिच एअरक्राफ्ट १९०० मार्फत भरतपुर, पोखरा र तुम्लिङटारमा असोज १ गतेदेखि नै आफ्नो नियमित उडान शुरु गरिसकेको […]