काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताएका छन्।मंगलवार सशस्त्र प्रहरी बलको २३ औँ दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शून्य सहनशीलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ रहेको बताए। उनले गृह मन्त्रालयमातहतका सुरक्षा निकायको परिचालन, विशेषज्ञता, व्यावसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताए। उनले