नेपाली क्रिकेटको नेतृत्व तहमा विवाद सिर्जना भएपछि सन् २०१६ मा आईसीसीले क्यानको सदस्यता निलम्बन गर्यो । त्यतिखेर विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले नेपाल क्रिकेट सङ्घमा सरकारी हस्तक्षेप र आर्थिक अनियमितता भएकाले त्यस्तो कदम लिइएको जनाएको थियो । क्यानको विवाद अदालतमा पनि पुगेको थियो । त्यसपछि नेपाली क्रिकेटमा हुने प्रतियोगिताहरु जीर्ण बनेसँगै नेपाली क्रिकेट खेलाडी उत्पादनमा पनि कमजोर भयो । यसै समयमा केही घरेलु प्रतियोगिता भएपनि नेपालले आईसीसीले गर्ने कुनै पनि प्रतियोगिता खेल्न पाएन । २०७