काठमाडौँ। राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्रथामिकतामा नपरेको बताए।