श्रममन्त्री श्रेष्ठको त्रिदेशीय भ्रमण मुलुकका निम्ति फलदायी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको छ । गत फागुन ३० गतेदेखि मंगलवारसम्म मन्त्री श्रेष्ठ नेतृत्वमा भएको संयुक्त अरब इमिरेट्स (युएई ), सेसेल्स र कतारको भ्रमण मुलुकका निम्ति निकै फलदायी भएको मन्त्री श्रेष्ठले बताए । भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले […]

सम्बन्धित सामग्री

श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए । श्रमिकका मौलिक हकको प्रभावकार

श्रममन्त्री स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौँ श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताउनुभएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्कनुभएका उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेषरूपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिनुभयो । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिन तथा आइसोलेशन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताउनुभयो ।

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भागलिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई)भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।यही कात्तिक ८ देखि १२ गतेसम्म दुबइमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका उले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रुपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए। कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जी

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता

छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।  कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ डाइलगमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कार्तिक ७ गते दुबई प्रस्थान गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए ।   &...