‘लू’ निर्देशकमा प्रदीप भट्टराई अनुबन्धित

काठमाडौँ- नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबिच लिखित सहमति भएको छ । जात्रा सिरिज मार्फत व्यावसायिक र समीक्षात्मक सफलता बटुलेका निर्देशक भट्टराईले महापुरुषको छायांकन सकाएपछि ‘लू’ को काममा व्यस्त हुने बताए । […]

सम्बन्धित सामग्री

हरिवंश भन्छन्- प्रदीपको काममा ढुक्क छु, स्क्रिप्ट नपढि महाजात्राको अफर स्वीकारेँ

काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा उदाए प्रदीप भट्टराई । उनी अहिलेका जल्दाबल्दा निर्देशकमा गनिन्छन् । पहिलो फिल्मबाटै दर्शक र समीक्षकको विश्वास जितेपछि उनले पछाडि फर्केर हेर्नु परेन । उनी हिट निर्देशकका रुपमा दरिएका छन् । जात्रापछि निर्देशक भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई […]