रावल झण्डै तीन वर्ष ओलीको प्रतिपक्षी भूमिकामा नै थिए । त्यो तिक्ततापूर्ण सम्बन्ध १०बुँदे समझदारीकै भरमा सुधारिन्छ भन्ने अवस्था छैन । त्यसैपनि ओली तुलनात्मक रूपमा इगो राख्ने नेतामा पर्छन् । परिस्थिति अनुसार बदला लिन खप्पिस ओलीले सहजै एमालेमा रावललाई स्पेस दिन्छन् भन्ने अवस्था देखिँदैन ।