काठमाडौँ- मानव विकास सूचकाङ्कमा नेपाल १४३ औँ स्थानमा रहेको छ । सोमबार काठमाडौँमा युएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा नेपाल मानव विकास सूचकाङ्क ०.६०२ अंकमा साथ १ सय ४३ औँ स्थानमा रहेको उल्लेख छ । ऊर्जामन्त्री पम्फा भुसाल लगायतले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्। नेपालको उक्त स्थानलाई मध्यम मानव विकास सूचकाङ्कका रूपमा उल्लेख गरिएको छ […]
काठमाण्डाै - नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्क खस्किएको उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ ।
सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो । दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घ...