झापामा सामूहिक आत्महत्या प्रकरण : आर्थिक लेनदेनले विचलित भएको आशङ्का

झापा : झापामा ८ महिने शिशुलाई समेत झुन्ड्याएर एक दम्पतीले सामूहिक आत्महत्या गरेका छन्।तीनै जना एकै पटक झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले कारण पत्ता लगाउन स्थानीय र परिवारका सदस्यसँग सोधपूछ गर्न थालेका छन्। कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मुना विक र ८ महिनाको छोरा सोमबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए।घटनास्थल नजिकै विक परिवारको काकीको घर छ। काकीले सोमबार बिहान उनीहरू किन उठेनन् भनेर झ्यालबाट हेर्दा ब

सम्बन्धित सामग्री

किशोरीको सामूहिक आत्महत्या प्रकरण : कारण खोज्दै प्रहरी

झापाको कचनकवलमा आइतबार बिहान बयरको रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको ‘आत्महत्या’का सम्बन्धमा प्रहरीले कारण खोज्न थालेको छ । स्थानीय चिया बगानमा काम गर्ने तीन किशोरीले आइतबार बिहान सामूहिक आत्महत्या गरेका थिए । झापाको कचनकवल–५ पाठामारीका १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया शर्मिला गणेशले गत साउन ८ गते बिहान स्थानीय सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । तीनै किशोरी सोही चिया बगानमा दैनिक ज्यालादारीमा काम गर्थे