कुलोमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । शुक्रबार तुलसीपुर नगरपालिका २ का २६ वर्षीय नरेश चौधरीको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालयका अनुसार छारे रोगका बिरामी चौधरी खेतमा पानी लगाउने क्रममा लडेर कुलोमा परेका थिए । कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा लगिएको छ ।