अरूले जे अनुमान गरे, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यही गरे। अर्थात्, पार्टीको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यको ‘लिस्ट’ पढेर सुनाए। त्यही केन्द्रीय समितिको बैठकले सोमबार आफ्नो ‘सर्वोच्च कमान्डर’ दाहाललाई घोषणा गरेको छ। यससँगै पार्टीको नेतृत्व अब पाँच वर्ष ‘औपचारिक’ रूपमा दाहालकै काँधमा आएको छ।
झन्डै ३३ वर्षदेखि एकल नेतृत्व हावी भइरहेको भन्दै ‘नेतृत्व र पुस्ता हस्तान्तरण’को बहस चल्यो। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने भनेर चुनावी कार्यक्रमसमेत घोषणा गरियो।...