काठमाडौं : लामो समयदेखि खानेपानीको मुद्दालाई उठाउँदै धरान उपमहानगरको मेयरमा निर्वाचित हर्क साम्पाङ पदभार ग्रहण गरेलगत्तै फिल्डमा खटिएका छन्। उनी धरानमा देखिएको खानेपानी संकट समाधानका लागि जुटेका हुन्। उनले बुधबार सर्दु जलाधार क्षेत्रको मुहानमा पुगेर अवलोकन गर्नुका साथै कमजोरी सच्याउन र फोहोर नगर्न निर्देशन दिएका छन्। ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहर गर्न नदिने निर्देशन दिइयो’, उनले फेसबुक पेजमा तस्विरसहित पोष्ट गरेका छन्। दलका उम्मेदवारलाई पाखा लगाउँ