कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रलाई संरक्षण गर्दै कृषकका उत्पादनमा बचतको सुनिश्चितता प्रत्याभूत हुने गरी देशको सङ्घीय संरचनाअनुसार राष्ट्रिय कृषि नीति २०७७ को मस्यौदा तयार पारेको छ ।
हाल राष्ट्रिय कृषि नीति २०६१ कार्यान्वयनमा छ । त्यसलाई परिमार्जन गरी मन्त्रालयले सो मस्यौदा तयार पारेको हो । राष्ट्रिय कृषि नीति कृषिसम्बन्धी विषय समेट्ने प्रमुख नीति भएकाले यो नीति अनुकूल नभएका ऐन, नियम तथा नीतिहरू यो नीति लागू भएको एक वर्षभित्र सम्बन्धित निकायले नीतिअनुरूप हुनेगरी संशोधन एवं परिमार्जन गर्नु पर्नेछ ।