इन्फिनिटी लघुवित्तद्वारा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

जेठ १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई नेपाल एग्रो लघुवित्त प्राप्ति गर्न सहमति दिएको छ ।   राष्ट्र बैंकले जेठ ११ गते प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई सैद्धान्तिक सहमति पत्र दिएको हो ।नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्नको लागि दुबै कम्पनीका सञ्चालक समितिबाट प्रारम्भिक सम्झौतालाई अनुमोदन गरी नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिप्राप्तगर्न निवेदन पेश गरिएको थियो । इन्फिनिटी लघुवित्त हाल २९ ओटा जिल्लामा ५९ ओटा शाखाकार्यालय मार्फत ५१ हजारभन्दाबढी सदस्यलाई सेवा पुर्‍याइरहेको छ । साथै कम्पनीले ३ अर्ब ३२ करोड कर्जा लगानी गर्नुका साथै सदस्यहरूले ८७ करोड रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।  कम्पनीले नवीनतम प्रविधिप्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले बताए  ।

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तको सभाले पारित गर्‍यो नेपाल एग्रोलाई प्राप्ति गर्ने प्रस्ताव

असार २१, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सोमवार सम्पन्न गरेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो ।  सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर (१:०.९८) दिने गरी शेयरमूल्य अनुपात कायम गर्ने प्रस्ताव पनि पारित गरेको हो । त्यस्तै, सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि गठित संयुक्त मर्जर वा प्राप्ति समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन, नियमनकारी निकायहरुबाट प्राप्त सुझाव एवम् निर्देशन बमोजिम प्राप्ति सम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संशोधन लगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल एग्रोलाई प्राप्ति गरे पश्चात संस्थाको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम संस्थाको प्रबन्धपत्रमा संशोधन गरी जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न गत माघ २६ गते दुवै पक्ष बीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति जेठ ११ गते सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न सैद्धान्तिक सहमति दिएको छ ।पोखरामा केन्द्री कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्रँप्ति गर्न इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले राष्ट्रबैंकसमक्ष सहमति मागेको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजार भन्दाबढी सदस्यलाई सेवा पु¥याएको जनाएको छ । […]