काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटनापछि उद्धार कार्यमा सरकारका सबै संरचना र शक्ति लगाइएको बताउनुभएको छ ।
पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएका प्रचण्डले उद्धारका लागि सबै शक्ति लगाइएको बताउनुभयो । उहाँले बाँकी निर्णय गर्न केहीबेरमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको पनि जानकारी दिनुभयो ।
६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचम...