एजेन्सी । भारतीय मुलकी नीरा टण्डन अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त भएकी छन् । यसअघि मार्चमा व्यवस्थापन तथा बजेट कार्यालयमा निर्देशकका रुपमा मनोनित भएकी नीरा राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त भएकी हुन् ।यद्यपि नीराले राजनीतिक विरोधका बीच बजेट कर्यालयमा भएको मनोनयन भने फिर्ता लिएकी थिइन् । नीरा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनकी घनिष्ठ सहयोगी थिइन् । उनले सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वारा उठ्दा निकै सहयोग गरेकी थिइन् ।