ललितपुर महानगरपालिकाले ५ देखि १२ वर्षमुनिका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप स्थगित भएको जनाएको छ । असार ९ गतेदेखि सुरु भएको खोप अभियान ५ दिनसम्म सञ्चालन भई अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको हो । यसअघि सरकारले २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म खोप दिइने जनाएको थियो । तर, खोप सकिएका कारण विभिन्न जिल्लामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्