नाकाहरूमा राखिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि लुम्बिनी प्रदेशका विभिन्न नाकामा कोरोना जाँच प्रभावित हुन थालेको छ । प्रदेशका चार ठूला नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव भएको हो । संक्रमितको संख्या एक महिनायता उकालो लाग्दै गएको छ ।