माथिल्लो तामाकोसीले ७ अर्ब २५ करोडको बिजुली बेच्यो, कम्पनीको घाटा भने डेढ अर्बमाथि

कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार १७ अर्ब १७ करोड बढी बिजुली बेचेको देखिएको छ । तर, कम्पनीको घाटा भने बढ्दो देखिएको छ ।

सम्बन्धित सामग्री

मलेसियासँग नेपालको व्यापार घाटा ७ अर्ब ७२ करोडभन्दा बढी

काठमाडौं, माघ ५। मलेसियासँग नेपालको व्यापार घाटा ७ अर्ब ७२ करोड २५ लाख २६ हजार रुपैयाँ पुगेको छ। २०७९ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालले उक्त व्यापार घाटा व्यहोरेको भन्सार विभागले जनाएको छ। उक्त अवधिमा मेलेसियाबाट नेपालले ७ अर्ब ८५ करोड २९लाख ६९हजार रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालले मलेसियामा १३करोड ४लाख ४४हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

वैशाखको प्रेस्क्रिप्सनको कमाल : १४ महिनापछि अर्थतन्त्र लयमा !

मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किँदैछ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको वित्तीय स्थितिमा १४ महिनापछि शोधनान्तर स्थिति (बीओपी) बचतमा देखिएको हो ।आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनामा मुलुकको शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा थियो । तर, त्यसयता चालु आर्थिक वर्षको भदौ महिनासम्म पनि शोधनान्तर स्थिति लगातार घाटामा नै रहन पुग्यो । गत आर्थिक वर्षको असार मसान्तमा १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदैगर्दा मुलुकको बीओपी घाटा बढेर २ खर्ब ५५ अर्ब २६

मासिक १ अर्ब २७ करोड घाटा छ, पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन- आयल निगम

नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलम

यसअघि ७ अर्ब नाफामा रहेको मुलुकको शोधनान्तर स्थिती यसपाली २ खर्ब ८८ अर्ब घाटामा

काठमाडौं– मुलुकमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक समीक्षा प्रतिवेदनअनुसार मुलुकको शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी […]

मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि पुग्यो

चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । शुक्रबार आर्थिक वर्षको वैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो तथ्यांक देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।  समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु.७ अर्ब ९९ कर

विद्युतीय प्रणालीको सुधार तथा आधुनिकीकरणका लागि एडीबीद्वारा ७ अर्ब ऋण सहायता

मंसिर १०, काठमाडौं । एशियाली विकास बैंक(एडीबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करीब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका छन्।            नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडीबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा उक्त ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै काठमाडौं उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ ।            त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगञ्ज र मुलपानीमा अत्याधुनिक सब- स्टेशन निर्माण गरिने छ । त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले बताएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे।            कार्यक्रममा एडीबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युतको प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए । नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौं उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडीबीले नै ऋण सहायता उपलब्ध गराएको छ । उक्त अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, तथा अर्थ  मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

अमेरिकी व्यापार घाटा सेप्टेम्बरमा बढेर ८०.९ अर्ब डलर

कात्तिक १८, वासिङ्टन । अमेरिकी अग्रिम अन्तरराष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८० दशमलव ९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बताएको छ ।            यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो । अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महीनामा समान तथा सेवा घाटा ८० दशमलव ९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८ दशमलव १ अर्ब अमेरिकी डलरबाट बढेर ७२ दशमलव ८ अर्ब अमेरिकी डलर पुगेको थियो ।            विभागको पूर्व प्रक्षेपण अनुसार सेप्टेम्बरमा निर्यात २०७ दशमलव ६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६ दशमलव ४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महीनामा आयात २८८ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमा भन्दा १ दशमलव ७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो ।            सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८ दशमलव ९ अर्ब अमेरिकी डलर बढेर ९८ दशमलव २ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ ।            सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८ दशमलव ७ अर्ब अमेरिकी डलर वा ३३ दशमलव १ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२ दशमलव ८ अरब अमेरिकी डलर वा २१ दशमलव १ प्रतिशतले बढेपछि निर्यात २७४ दशमलव १ अर्ब अमेरिकी डलर वा १७ दशमलव ४ प्रतिशत कायम भएको हो । रासस / एएनआई

दैनिक ४ सय मेगावाट बिजुली खेर जाँदा प्राधिकरणलाई मासिक झन्डै साढे दुई अर्ब घाटा

विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्य...

बिपी प्रतिष्ठान टाटः घाटा ७ अर्ब, बेरूजु १ अर्ब

एकपल्ट उनले अस्पतालका लागि अत्यावश्यक स्पिरिटको लेबल लगाएर प्रतिष्ठानलाई पानी बेचे। शरीरमा सुई लगाउनु अगाडि संक्रमण नहोस् भनेर स्पिरिट लगाउनुपर्नेमा पानी मात्रै लगाएपछि कति संक्रमण भए होलान्? त्यसैका कारण कतिको ज्यान जोखिममा परे होला?