जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम