बैतडी : वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तरगत बैतडीका सबै पालिकाको मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले चारचार, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले १/१ पालिकाका प्रमुख पदमा विजयी भएको छ।कांग्रेस पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा विजयी भएको हो। एमाले दशरथचन्द नगरपालिका, पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ।नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा र डिलाशै