काेराेना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

काठमाडाैं : कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्।उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे। 'खोप नलगाएका उच्च जोखिममा रहेकाले सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछाैँ',

सम्बन्धित सामग्री

काेराेना संक्रमितको मृत्युदर : साउनमा मृत्यु हुने १८ मध्ये १३ जना खोप नलगाएका

काठमाडौं: पछिल्लो पटक नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने मध्ये सबै भन्दा धेरै कोभिडविरुद्धको खोप नलगाएका रहेको पुष्टि भएको छ।साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले बताए।डाक्टर गेलालकाअनुसार साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्य