काेराेना संक्रमितको मृत्युदर : साउनमा मृत्यु हुने १८ मध्ये १३ जना खोप नलगाएका

काठमाडौं: पछिल्लो पटक नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने मध्ये सबै भन्दा धेरै कोभिडविरुद्धको खोप नलगाएका रहेको पुष्टि भएको छ।साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले बताए।डाक्टर गेलालकाअनुसार साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्य