हुम्ला, पुस १२ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए । […]