जय नेपाल हल सधैंको लागि बन्द

काठमाडौँ । काठमाडौँको हात्तीसारमा रहेको जय नेपाल हल सधैंको लागि बन्द भएको छ । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर २० वर्षदेखि संचालन गर्दै आएको हल बन्द भएको हो । सपिङ मल नभएको ठाउँमा हल चलाउन गाह्रो पर्न थालेको भन्दै सो हल बन्द भएको छ ।

सम्बन्धित सामग्री

इको स्पोर्ट गाडीमा अवैध ९८ लाख लिएर दरबारमार्ग गइरहँदा समातिए दुई जना

दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु  पक्राउ परेका हुन् ।

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना साढे ११ केजी सुन तस्करीमा संलग्न

उनले भने, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु  पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।”

हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ। बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको हो। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खनन्‌को माग गर्दै आएका थिए। टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा […]

जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला

काठमाडाैं।जय नेपाल हल परिसर खोतल्दा टुकुचा खोला फेला परेकाे छ।वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने भएकाे छ।काभ्रेमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ।५७ अंकले नेप्से परिसूचक घटेकाे छ।यु–१७ साफको उपविजेता नेपाली टोली स्वदेश फिर्ता भएकाे छ।

जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।  महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवा

डोजर लिएर टुकुचा खोला खोज्दै महानगर

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ । जय नेपाल […]

टुकुचा किनारको घर टहरा हटाउन ३५ दिने सूचना

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको किनार क्षेेत्रमा स्वीकृत नक्सा विपरीत बनाइएको घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हल सम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान लागिएको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती […]

कोरोना महामारीले दर्जनौँ फिल्म हल बन्द

अघिल्लो लकडाउनमा खर्च धान्नै नसकेपछि क्यूएफएक्स चेनअन्तर्गतको जय नेपाल हल सदाका लागि बन्द भयो । क्यूएफएक्सकै व्यवस्थापनमा चलेको कुमारी हल पनि बन्द हुने संघारमा छ ।

क्युएफएक्सले छाड्यो जयनेपाल हलसँगको चेन

काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले जयनेपाल फिल्म हलसँगको सहकार्य तोडेको छ। क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर १९ वर्ष देखि सञ्चालन गर्दै आएको क्युएफएक्स फिर्ता भएको हो। काठमाडौँस्थित हात्तीसारमा रहेको जय नेपाल हल पुरानो फिल्म हल मध्येको एक हो। सन् २००२ को जुलाईमा जय नेपाल हल भाडामा लिएर