ब्रिटेनमा नयाँ अभ्यास शुरू गरिएको छ, जसमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा र ४ दिन काममा लगाइने भएको छ ।
मेट्रो यूकेमा प्रकाशित समाचारअनुसार परीक्षणको रूपमा ब्रिटेनका केही कम्पनीमा यो अभ्यास लागू गरिँदैछ । शुरूआतमा ३० कम्पनीले कर्मचारीलाई हप्तामा ४ दिन मात्रै काममा लगाउने अभ्यासको शुरूआत गरेका छन् ।
कर्मचारीलाई खुशीको कुरा के छ भने हप्तामा ४ दिन मात्रै काम गर्नुपर्दा पनि तलब काटिने छैन । यसको परीक्षण अमेरिका, आयरल्यान्ड, क्यानडा, अस्ट्रेलिया र न्युजील्यान्डमा पनि हुने जनाइएको छ । स्पेन र स्कटल्यान्डको सरकारले यसलाई शुरू ग...