देउवाले भोट माग्दै भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताएका छन् । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताए ।संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनमा निर्भिकताका साथ सहभागी भई मतदान गर्न पनि देउवाले मंगलबार विज्ञप्तिमार्फत आह्वान गरेका छन् । उनले स्थानीय

सम्बन्धित सामग्री

अशोक राईको पक्षमा भोट माग्दै ओलीले भने: उहाँ त मेरो उपाध्यक्ष हो (भिडिओ)

ओलीले राईतर्फ फर्केर भने, ‘२०४७ साल बैशाख १८ गते धरानमा सम्बोधन गर्दा अशोक राई पनि हुनुहुन्थ्यो यहाँ मसँग । उहाँ त मेरो उपाध्यक्ष नै हो । भीम आचार्यजीसहित अरु साथीहरु हुुनुहुन्थ्यो । त्यसवेला हामी २०४७ सालमा ल्याएको परिवर्तनको खुशीयाली मनाइरहेका थियौं ।’

कुरा प्रविधिका, भोट भने ट्याङ्कीमा !

काठमाण्डाै - भृकुटीमण्डपको बारमा रहेको दुई वटा डिजिटल डिस्प्ले मध्ये एउटामा गगन थापाले भोट माग्दै गरेको देखिन्छ । उहाँ आफूले काठमाण्डौ ४ नं क्षेत्रमा गरेको विकासको फेहरिस्त डिजिटल डिस्प्लेमा देखाएर थाक्नु भएको छैन । उहाँजस्तै अरु उम्मेदवारले पनि यसैगरी डिजिटल डिस्प्लेबाट मत मागेका छन् । भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग गरेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको एप पनि सार्वजनिक गरियो । नेताहरु स्वयम् २१ औँ शताब्दीमा प्रविधिको अत्याधिक उपयोग गर्नुपर्छ भनेर थाक्दैनन्। तर मतदान गर्ने ...

'तपाईंहरुलाई मैले भोट किन हाल्ने ?'

“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।” नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँसेका छन् । उनले अरु इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै जनताको घरदैलोमा पुग्ने नेताहरुलाई भनेका हुन् ।      उनले आजदेखि सूचना मात्र टाँसेका छैनन्, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प...

भोट माग्दै देउवाले भने-म जिते प्रधानमन्त्री, अरु जिते माननीय !

३० कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए । आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, 'पानी र विजुली बाँडफाँट मिल्न बाँकी छ । …