काठमाण्डाै - भृकुटीमण्डपको बारमा रहेको दुई वटा डिजिटल डिस्प्ले मध्ये एउटामा गगन थापाले भोट माग्दै गरेको देखिन्छ । उहाँ आफूले काठमाण्डौ ४ नं क्षेत्रमा गरेको विकासको फेहरिस्त डिजिटल डिस्प्लेमा देखाएर थाक्नु भएको छैन । उहाँजस्तै अरु उम्मेदवारले पनि यसैगरी डिजिटल डिस्प्लेबाट मत मागेका छन् ।
भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग गरेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको एप पनि सार्वजनिक गरियो । नेताहरु स्वयम् २१ औँ शताब्दीमा प्रविधिको अत्याधिक उपयोग गर्नुपर्छ भनेर थाक्दैनन्। तर मतदान गर्ने ...