राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदले पारित गरेको एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी एमसीसी संझौताको कानुनी अंग नभएको निष्कर्ष निकालेको छ।...
१८ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए । ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो […]
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणी सहित परियोजना पारित भएको हो।
सम्झौता पारित हुनु अघि प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणामा सांसदहरू आफ्नो मत राखेका थिए।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी…
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए । सत्तामै रहेका दलका केही नेताले
काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट एमसीसी पास गर्न नहुने बताउनुभएको छ । आइतबार एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिदै सुवालले एमसीसीले नेपालको विकासमा सहयोग पुग्छ भनेर झुठो प्रचार गरिएको दाबी गर्नुभयो । उहाँले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नरहेको पनि बताउनुभयो । उहाँले एमसीसी नेपालको हितमा नभएको पनि […]
१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गरे । ‘हामीले गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ […]
काठमाडौं । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसी’bout देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा […]
The post एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तु
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले ‘व्याख्यात्मक टिप्पणी’ सहित संसदबाट एमसीसी पारित गर्ने निर्णय गरेको छ । बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यो निर्णय गरेको हो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा समर्थन नजनाउँदा सत्ता गठबन्धन नै टुट्ने भएकाले व्याख्यात्मक टिप्पणी गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको थियो । एमसीसीमा रहेको विवादित विषयमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र गठबन्धन जोगाउने निर्णय भएको हो ।
यो निर्णयमा चार नेताले भने असहमति जनाएका छन् । नारायणकाजी ...