लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ । आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो ।आयोगका शाखा अधिकृत प्

सम्बन्धित सामग्री

सिटिइभिटीका सबै परीक्षा स्थगित

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍याे, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।परिषदका अनुसार अर्काे सूचना जारी नहुञ्

प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

मकवानपुर । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७र०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन