प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

मकवानपुर । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७र०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन