राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको हो । असन्तुष्ट समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाई प्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गरिएको छ । 'यस