सवारी र पार्किङ शुल्कको ठेक्का रोक्न वीरगञ्जका व्यवसायीको  माग

जेठ ८, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि आह्वान गर्न लागेको सवारी व्यवस्थापन सेवा शुल्क र सवारी पार्किङ शुल्कको ठेक्का व्यवस्थापन कार्य तत्काल रोक्न वीरगञ्जका व्यवसायीहरूले माग गरेका छन् । आगामी आवका लागि बोलपत्र आह्वान गर्न लागिएका यस्ता शुल्कका बारेमा ध्यानाकर्षण भएको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको हो । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आशयविपरीत नयाँ ठेक्का अंक कायम गरी कार्यपालिकामा सिफारिस गरेको आरोप संघले लगाएको छ । कानून बमोजिमबाहेक कुनै पनि निकायले कर/ शुल्क लिन नपाउने संघका अध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् ।  विगतका वर्षहरूदेखि नै नियमविपरीत कर असुली नगर्न आग्रह गर्दै आएको संघका अध्यक्ष गुप्ताको भनाइ छ । ‘नेपालको संविधान २०७२ को अनुसूची ६ मा प्रदेश सरकारले र अनुसूची ८ अनुसार स्थानीय सरकारले सवारी साधन कर लिन पाउने अधिकार प्रदान गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ मा सवारी साधन करको दर निर्धारण र संकलनको अधिकार प्रदेश सरकारलाई दिइएको छ,’ गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  वीरगञ्ज महानगरपालिकाले लगाएको सवारी व्यवस्थापन सेवा शुल्क गरैकानूनी रहेको उपाध्यक्ष माधव राजपालले बताए । स्थानीय सरकार सञ्चालन ऐनमा यस्तो शुल्क उठाउने व्यवस्था नभएको संघको दाबी छ ।  ऐनको दफा ६० मा पालिकाले पार्किङ सेवावापत शुल्क लिनसक्ने व्यवस्था गरेको संघले बताएको छ । सवारी व्यवस्थापन र पार्किङको कुनै व्यवस्था नगरी  महानगरपालिकाले सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी (आईसीपी) बाट निस्किने सवारी साधनलाई बाटोमा रोकेर शुल्क लिएको संघका महासचिव मनोज दासको भनाइ छ ।  सो बाटो महानगरपालिकाको अधिकारक्षेत्रमा समेत नपर्ने दाबी महासचिव दासको छ । ‘वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार योजनाको बाटोमा महानगरपालिकाकाले शुल्क उठाउन मिल्दैन । सडक विभागले पनि यसबारेमा महानगरलाई ध्यानाकर्षण गराइसकेको छ,’ दासले भने ।  महानगरले वीरगञ्ज नगर क्षेत्रलाई नै पार्किङ क्षेत्र मानेर ठेक्का लगाउने तयारी गर्नु अनुचित भएको संघका उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘महानगरपालिकाले आफैं निर्माण गरेको पार्किङ स्थलमा मात्र शुल्क लगाउनु नियमसंगत हुन्छ,’ गौतमले भने । भन्सारबाट छुटेका गाडीलाई समेत बाटोमा रोकेर पार्किङ शुल्क असुल्ने काम भएको व्यवसायीहरूको गुनासो छ ।   

सम्बन्धित सामग्री

न्युरोडको पार्किङ धरहरामा (तस्बिरहरु)

काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको छ । न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको हो । यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ । सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड […]

भोलिदेखि धरहराको पार्किङ खुल्ने

१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) […]

अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्।

खेल मैदानमा सवारी पार्किङ

गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ। केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो। खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताए। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए। चिदिचौर खेल […]

गुल्मीको चिदिचौर खेल मैदानमा सवारी पार्किङ

२८ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो । खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताउनुभयो । खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि […]

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्‍याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।...

गोठलापानी बजारमा सवारी पार्किङ गर्न नपाइने

बैतडी : बैतडीको सदरमुकास्थित गोठलापानी बजारमा सवारी साधन पार्किङमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक सवारी साधनलाई व्यवस्थापन गर्न गोठलापानीमा रहेको बसपार्कमै पार्किङ गर्नुपर्ने निर्णय गरेको हो।बीच बजारमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा बसपार्कमै सवारी साधन पार्किङ गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।यस्तै यात्रुहरुलाई सवारी साधनमा चढ्न र ओर्लन

उपत्यकामा जथाभाबी पार्किङ गर्ने विरुद्ध कारबाही अभियान सुरु

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेसन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको […]

जथाभावी पार्किङ गर्ने १३७ सवारी साधन कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गर्ने विशेष अपरेसनलाई निरन्तरता दिएको छ। ललितपुरको पाटन एरियामा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधन हटाउन प्रहरीले बुधबार पनि स्विप अपरेसन चलाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका […]

नेपालमा पनि पार्किङ ऐन : घरमा पार्किङ रहेको प्रमाणित गरेपछि मात्र सवारी !

नयाँ सडक मात्र होइन राजधानीका सबै व्यस्त बजार क्षेत्रको समस्या यो हो । यसरी पार्किङ नपाएका सवारी सडकमा नै रहन्छन् अनि एक ठाउँको जामले पूरै राजधानीका सडक अस्तव्यस्त बनाउँछ । पार्किङसम्बन्धी नीति र कानुनको अभाव तथा विद्यमान मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा पार्किङ व्यवस्थापन जटिल बन्दै गएको हो ।कतिपय नयाँ बन्ने भवन पास गरिएको नक्साअनुसार भूमिगत पार्किङसहितका भए पनि त्यसको प्रयोग अन्य प्रयोजनका लागि हुँदा कसैले नियमित अनुगमन गर्दैन । नक्सा पास गर्ने स्थानीय