नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली कुटिल र बोलीमा भर नभएको मान्छे भएको दावी गरेका छन् । उनले विगतमा ओलीले वामदेव गौतम, माधव कुमार नेपाल र आफूलाई एकैदिन छुट्टाछुट्टै भेट गरेर प्रधानमन्त्री बनाउने आश्वासन दिएको बताउँदै उनी आफ्नो स्वार्थ पुरा गर्न र फुटाउनका लागि जे पनि गर्न तयार हुने गरेको बताए ।
प्रचण्डले पार्टीभित्र मात्रै नभइ ओलीले विदेशी मित्रहरुलाई पनि ठग्ने गरेको आरोप लगाए । ‘यहाँमात्रै भन्दैनन् विदेशी मित्रहरुलाई पनि ठग्छन् यिनले । केके उल्टो र पाल्टो भनेर दिमाग खराब गर्ने मान्छ...