नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए । ‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आ