प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)

प्रधानमन्त्री शेरबहादुर देउवाको घर रहेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको पालिकामा कांग्रेस : गाउँपालिका जित्यो, वडा गुमायो

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्यधिक बहुमतले विजयी भएका छन्।अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्। कार्कीले ३ हजार ३८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानु सेटी विजयी भइन्। उनले ३ हजार १

प्रधानमन्त्री देउवाको पालिका डडेलधुराको गन्यापधुरामा नेपाली कांग्रेस विजयी

वैशाख ३१, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । उनले तीन हजार १३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त पाएका छन् । रासस

प्रधानमन्त्री देउवाको गृह पालिकामा कसको अग्रता ?

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । उपाध्यक्षमा […]