निर्वाचन आयोगद्वारा आजै समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी […]

सम्बन्धित सामग्री

समानुपातिक सूची सार्वजनिक गर्ने तयारी

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। उहाँले भन्नुभयो, “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन। प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताउनुभयो।

राष्ट्रिय सभापछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिक सूची सार्वजनिक

निर्वाचन आयोग राष्ट्रिय सभाको निर्वाचन परिणामपछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिक सिट संख्या सार्वजनिक गर्ने तयारीमा छ । संविधानको धारा ८४ र प्रतिनिधिसभा सदस्य