काठमाण्डाै – राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आउँदो मङ्सिरमा सार्वजनिक गर्ने तयारी भैरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । अब भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र बाँकी छ । यी जिल्लाको समेत तथ्याङ्क प्रशोधन गरी मङ्सिर अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने त...