काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ।प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आज (आइतवार) यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन्।पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक विसं १९६८ सालको