काठमाडौं : सन् १९७० को दशकमा अमेरिकाको न्युयोर्क सिटीबाट नयाँ स्वरूप पाएको हिप हप संगीत अर्थात् र्याप पाँच दशकमा विश्वको सबैभन्दा बढी गाइने, सुनिने संगीतको विधामा पर्छ।आफूहरूमाथि भएको थिचोमिचो, अत्याचारको विरुद्धमा बोलिने आवाजलाई लय दिएर अन्यायका विरुद्ध लड्ने हतियारको रूपमा प्रयोग हुँदै आएको र्याप अहिले जुनसुकै भावना अभिव्यक्त गर्न पनि प्रयोग हुने गर्छ। नेपालमा सन् १९९० को दशकमा पहिलोपटक भित्रिएको र्यापले २००० पछि नयाँ गति र लय पायो। अहिले नेपालमा मात्रै हेर्ने हो भने पनि र्