काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।
कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुक...