अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ।...
काठमाडौँ- मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।
काठमाडौँ,६ भदौ । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी […]
चितवन- माडी नगरपालिका-३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्। आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। वडा नं ३ बोटेसिमाराका […]
काठमाडौँ- हङकङमा संसारको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एनएनको बिहीबार ३५ वर्षको उमेरमा मृत्यु भएको हो । उक्त पाण्डाको उमेर मानिसका उमेरको अनुपातमा १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ । एनएनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै […]
रौतहट : रौतहटमा ग्यास सिलिन्डर पड्केर एकजना वृद्ध महिलाको ज्यान गएको छ। जिल्लाको गढीमाई नगरपालिका वडा नं–१ समनपुरमा शनिबार भान्छा कोठामा खाना पकाइरहेको बेला ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।गढीमाई नगरपालिका —१ समनपुरका स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी सहनीको मृत्यु भएको समनपुरका स्थानीय रन्धिर साहले जानकारी दिएका छन्।खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय साहले जानकारी दिए। घटनाको विषयमा अनुसन्ध
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।कोरोनाबाट धेर
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लमजुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः ५० बजे मृत्यु भएको हो ।यस्तै, लमजुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृ