एमसीसीमा सघाउन प्रचण्ड तयार, ढुक्क नभएका देउवा बालकोट पुगे

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनका लागि सहज वातावरण बनाउन तयार भएको छ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई उसको प्रस्ताव छ, एमसीसीको पक्षमा मत दिंदैनौं, तर एमसीसी अनुमोदनका लागि पेश गर्दा विपक्षमा मत पनि दिन्नौं । बैठक बहिष्कार गर्छौं, ताकि ध्वनि मतका आधारमा अनुमोदन होस् । तर […]

सम्बन्धित सामग्री

ओली निवास बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

बालुवाटार बैठक छोडेर बाहिरिए प्रचण्ड, ओलीलाई फकाउन बालकोट जाँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ लागेका छन्। बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ सरकार गठनका विषयमा कुरा नमिलेपछि उनी ओलीलाई फकाउन बालकोट लागेका हुन्। देउवा र प्रचण्डबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।

बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन्। ओलीको सचिवालयले प्रचण्ड सत्ता गठबन्धनको बैठक सकिएपछि बालकोट आउँदै गरेको जानकारी दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारको बैठक निर्णयमा पुग्न नसकेपछि दाहाल बालकोट लागेका हुन्। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति माओवादी…

देउवासँग वारपार गर्न प्रचण्ड बालुवाटारमा, सहमति नभए उतैबाट बालकोट हानिने तयारी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफलको लागि बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्नेबारे कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन सकेको छैन् । कांग्रेसबाट शेरबहादुर देउवा र माओवादी केन्द्रबाट प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । दुवै नेता आ आफ्नो अडानबाट टसमस […]

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकाेट पुग्नुभएको छ ।  अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो ।  प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको हो । बालकोट भेटमा एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सह...

प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।  शुक्रवार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र देउवा सँगै थिए । देउवा दुई दिन आइसोलेसन बसेपछि कोरोना परीक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ ।  शनिवार बिहान देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

ओली सर्वदलीय बैठकमा नआए देउवा र प्रचण्ड नै बालकोट जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् ।  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा ललितपुरको हिमालय होटलमा सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  उनले एमालेले निरन्तर संसद अवरोध गरिरहे एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट नै जाऔँ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको प्रचण्डले बताए ।  सम्पादकहरूसँगको छलफलमा...

ओलीलाई मनाउन प्रचण्ड र देउवा बालकोट जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाएका छन् । एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको बताए । उनले कुनै पनि हालतम