मौद्रिक नीतिको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ समेत तयार गरेको हो । बिहीबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका लागि तयार ड्राफ्टसहित अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । मौद्रिक नीतिको ब्रिफिङका लागि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका गभर्नर अधिकारी एक्लै गएको राष्ट्र बैंक स्रोतले रातोपाट