पूर्वक्रिकेटर शक्ति गौचनका स्वर्गीय बुबा खडगप्रसाद गौचनको स्मृतिमा पाँचौं यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि देवदह क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी गौचनले जानकारी दिए ।