कांग्रेस डडेल्धुरा सभापतिसहितका नेता, कार्यकर्ताले सानेपामा थाले रिले अनशन

काठमाण्डाै – वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने आफूहरूको माग सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेस डेडल्धुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपामा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका छन् ।  पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरीत गराइएको वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने भन्दै उनीहरूले आज बुधवारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका हुन् । डडेल्धुराका हजारौँ पार्टी नेता, कार्यकर्ताको भावनाअनुसार फेरि अधिवेशन गर्न गरिएको मागको केन्द्रीय सभ...

सम्बन्धित सामग्री

डडेल्धुरामा कांग्रेसको अनशन स्थगित

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेको छ।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन आइतबार स्थगित गरिएको हो।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्लाको पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्य

देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्।डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको हो। चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक

कांग्रेस सभापति देउवाको गृहजिल्लामा अनशन सुरु

डडेल्धुरा, असोज ७ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरूले बिहीबारदेखि रिले अनशन शुरु गरेका हुन् । वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी […]