म्याग्दीमा संक्रमति होम आइसोलेसनमा बस्न थाले

म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टि हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

सम्बन्धित सामग्री

ज्यान नै जोखिममा परेपछि मात्र जान्छन् अस्पताल

म्याग्दी : होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितको ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पताल भर्ना हुन थालेका छन्। बेनी अस्पताल संक्रमितले विस्तारै भरिन थालेका छन्। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएका थिए। हाइफ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य संक्रमितमा अक्सिजनको कमी र निमोनिया देखिएको अस्पतालले जनाएको छ। सोमबार अस्पतालमा भर्ना भएर उपचार गराउने संक्रमित संख्या ३२ पुगेको अस्पताल प्रशासनले जनाएको छ।म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्य

बेनीमा निषेधाज्ञा : धवलागिरि गाउँपालिकाको सेवा बन्द

म्याग्दी । समुदाय स्तरमै कोरोना संक्रमणको दर बढेपछि म्याग्दीमा बुधबार राती १२ बजेदेखि १० दिने निषेधाज्ञा जारी भएको छ । धवलागिरि गाउँपालिकामा पनि  समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्वारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रमार्फत प्रवाह हुने नियमित सेवा बन्द गरिएको जनाइएको छ । यसअघि विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन बन्द गरिएकामा कोरोनाको जोखिम न्यूनीकरण नभएपछि थप कदम चालिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन र स्यानिटाइज गर्ने कार्यमा जोड दिन आग्रह गरेको छ । गाउँपालिकाले नागरिकलाई भीडभाड नगर्न, काजकिरिया, जन्ती, मलामी तथा अन्य सांस्कृतिक कार्यमा समेत भिड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न, विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्न र लक्षण देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनसमेत सुझाइएको छ । बुधवार ताकममा गरिएको एन्टिजिन परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका अनुसार धवलागिरिमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना बेनीका छन् भने अन्य आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बेनी अस्पतालमा उपचार गराउन आएका र लक्षण देखिएका ४२ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकामध्ये २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संख्याको संक्रमण म्याग्दीमा अहिलेसम्मकै बढी हो । संक्रमितमध्ये बेनी नगरपालिकाका १७, धवलागिरि गाउँपालिका ६, मंगला गाउँपालिका १, मालिका गाउँपालिकाका १, रघुगंगा गाउँपालिकाका र छिमेकी जलजला गाउँपालिकाका ३ जना रहेका छन् । सबै संक्रमतिको स्वाब बेनी अस्पतालमा संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको थियो । योसँगै म्याग्दीमा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लाभित्र हालसम्म ३ सय ४६ जनालाई कोरोना संक्रमण भएकामा दोस्रो लहरमा संक्रमति हुनेको संख्यासमेत १ सय नाघेको छ । संक्रमितमध्ये अधिकांश सदरमुकाम बेनी आसपासका र केही ग्रामीण क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सदरमुकाम बेनीको अवस्था भयावह बन्दै गएको छ । दोस्रो लहरमा संक्रमति हुनेहरू बाहिरी जिल्लाबाट आएका रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘समुदाय स्तरमै कोरोना फैलिएको छ । हामीले अनुमान गरेभन्दा बाहिरको अवस्था आउन सक्छ,’ प्रमुख लम्सालले भने । समुदाय स्तरमै संक्रमण फैलिइसकेको अवस्थामा सतर्कता अपनाउन अपिल गरिए पनि सर्वसाधारणबाट पालना नभएकाले म्याग्दीमा संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

आइसोलेसनका ६ जना डिस्चार्ज भएसँगै म्याग्दी कोरोनामुक्त

म्याग्दी : हिमाली जिल्ला म्याग्दी हाललाई कोरोनामुक्त बनेको छ। आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन्।  विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएर आइसोलेसनमा गएका ६ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। विभ...

म्याग्दीमा एकै दिन १४ जनाले कोरोना जितेर घर फर्किए

हिमाली जिल्ला म्याग्दीको बेनीस्थित आइसोलेसनमा रहेका १४ कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् । हालसम्म ४० जनामा सङ्क्रमण पोजिटिभ आएको म्याग्दीमा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् । आइसोलेसनमा बसेकामध्ये मालिका गाउँपालिका–१, निस्कोटका ३३ वर्षीय, २ का २५ वर्षीय, ३ का ४८ वर्षीय, ५ का २९ वर्षीय र ७ का २६ वर्षीय गरी पाँच जना मालिका गाउँपालिकाका रहेका छन् । त्यस्तै, बेनी नगरपालिका– १ का १८ वर्षीय, ४ का २८ र ३० वर्षीय पुरुषहरू कोरोना जितेर घर फर्केका छन् । त्यसैगरी मङ्गला गाउँपालिका–१ का ३५ वर्षीय पुरुष एवम् २ हिदीका २३ वर्षीय पुरुषले कोरोना जितेका छन् भने रघुगङ्गा-३ का ३० र ४७ वर्षीय, ६ का २९ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिका–६, घारका ३० वर्षीय पुरुषले कोरोना जितेर घर फर्केका छन् ।

म्याग्दीमा पनि फेला प¥यो कोरोना

म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । “सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ”, उहाँले भन्नुभयो, “बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।”