पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि र सूचना प्रविधिका क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरिएको व्यवस्था अत्यन्तै राम्रो रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा ऐतिहासिक फोटो प्रदर्शनी अवलोकनपछि अध्यक्ष नेपालले कृषि, सूचना तथा प्रविधि क्षेत्रमा छुट्याइएको बजेट समय सान्दर्भिक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कृषिको आधुनिकीकरणबाटै मुलुकको समृद्धि सम्भव छ, आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार छन् । अहिले जस्तै फेरि कृषि उत्पादनलाई निर्यात गर्न सकेमा समृद्धि त त्यसै भइहाल्छ ।”
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री राम कुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।
सप्तरी- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् । उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ ।” समाजवादी प्रेस संगठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष […]
कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले कृषि नै समृद्धिको आधार भएको बताउनुभएको छ । स्याङ्जाको भिरकोट–५ पकानस्थित केराबारी कृषक समूहको समन्वयमा आइतबार आयोजित सुन्तला रोपण अभियान कार्यक्रममा उहाँले कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कृषि तथा पशुपालनका क्षेत्रमा सामूहिक वा चक्लाबन्दी खेतीमा जानुपर्ने नीति सरकारले अगाडि सारेको मन्त्री भुसालको भनाइ …
नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै हो । यस क्षेत्रमा नेपालको कुल जनसंख्याको ठूलो जनशक्ति आश्रित छ । यद्यपि, केही वर्षदेखि किसान यस क्षेत्रबाट पलायन हुँदै सेवा र औद्योगिक...
जुम्लाको आर्थिक समृद्धिको पहिलो मेरुदण्ड नै कृषि क्षेत्र हो । यहाँको स्याउ, सिमी, धान, तरकारीखेती, भेडापालन लगायतका कृषि क्षेत्रमा पर्याप्त लगानी गरेमा रोजगारी सिर्जनासँगै आर्थिक समृद्धि हेर्न धेरै समय कुर्नु पर्ने छैन । स्थानीय सरकार सञ्चालनपछि कृषिभन्दा सडक (डोजरे विकास)मा राज्यको लगानी बढ्दो देखिन्छ । अनुत्पादनशील क्षेत्रमा बढ्दै गएको लगानीले अपेक्षाकृत प्रतिफल नदिएपछि पछिल्लो समय […]
काठमाडौं : कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार यादवले मुलुकको समग्र विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्।साना किसान विकास लघुवित्त वित्तीय संस्था र इजरायली राजदूतावासले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कृषि तथा पशुपालनको विकास गरी मुलुकलाई त्यस क्षेत्रमा आत्मनिर्भर बनाउन सकेमा देशको विकास तथा समृद्धि कायम हुने बताए।उनले कृषि ज्ञान, कृषकको सीप विकासका लागि इजरायली दूतावासलगायत अन्य संस्थाले उपलब्ध गराएको तालिमको सराहना गर्दै वैदेशिक रोजगारी
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् । दिपायलमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छी व्यावसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाँझो जमिनमा खेती गरौं, स्वरोजगार बनौं,’ उनले भने । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठूलो योगदान पुर्याउने बताए ।
जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफै बनाऔं’ नामक कार्यक्रम कार्यान्वयनमा आएको छ । जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । ‘आर्थिक अभाव भएका तर स्वदेशमै कृषि क्षेत्रमा केही गरौं भन्ने सोच भएका व्यक्तिलाई नमूना कृषि गाउँ, आफै बनाऔं भन्ने कार्यक्रम फलदायि भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।’
सडक सञ्जालले नछोएको सिँचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाव, किसानको माग र आवश्यकता अनुसार नभएर ‘माथि’बाटै सिधै योजना आउने गरेकाले समस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । रासस
निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख अभिलक्षण हुन् र यिनीहरूका बीचमा विभिन्न तहमा परस्पर सम्बन्ध हुन्छ । ग्रामीण परिवेशमा बसोबास गरेका देशको जनसंख्याको झन्डै ६५ प्रतिशत जनताको जीविका मूलभूत रूपमा कृषि कार्यले धानेको छ । ग्रामीण क्षेत्रमा गरिबीको दर सहरी क्षेत्रको भन्दा तेब्बर बढी छ । सहरीभन्दा ग्रामीण जनसंख्या ब
खेतीयोग्य उर्भर जमिन प्रशस्त रहेको मंगला गाउँपालिका कृषि, पशुपालन र पर्यटन विकासमार्फत समृद्धि हासिल गर्ने यात्रातर्फ लम्किन सक्ने सम्भावनाहरु छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्रहरुको उजागर गरी पर्यटक भित्र्याउन सक्ने प्रशस्त सामथ्र्य बोकेको यस मंगला गाउँपालिकामा विकास र समृद्धिको बलियो आधार कृषि क्षेत्र हो ।कुहुँ, रनबाङ, बावियाचौर, अर्मन, पोक, बरंजालगायतका क्षेत्रमा अहिले पनि व्यावसायिक […]